भारतीय गोलभेडाका कारण सर्लाहीका किसान मारमा, प्रतिकिलो पाँच रुपैयाँमा बेच्नुपर्ने बाध्यता

गोलभेँडा प्रतिकेजी छ देखि आठ रुपैयाँमा बेच्नुपर्दा लागत नै उठाउन मुस्किल रहेको हरिवन नगरपालिका–२, सिकारी टोलका किसान वसन्तकुमार डुमजनले गुनासो गरे । “सुरुमा एक क्रेट गोलभेँडा एक हजार दुई सय रुपैयाँसम्ममा पनि बेच्यौँ तर अहिले आएर १५० रुपैयाँमा बेच्नु परेको छ,” डुमजनले भने । 

नेपालभ्युज

भारतीय गोलभेडाका कारण सर्लाहीका किसान मारमा, प्रतिकिलो पाँच रुपैयाँमा बेच्नुपर्ने बाध्यता

सर्लाही। गोलभेँडाको भाउ निकै सस्तो भएपछि सर्लाहीका किसान मारमा परेका छन् ।  बजारमा भारतीय गोलभेँडा ओइरिएपछि सर्लाहीका स्थानीय किसानले फलाएको गोलभेँडाले बजार र उचित मूल्य पाउन छाडेको छ । किसानले गोलभेँडा प्रतिक्रेट १५० देखि दुई सय रुपैयाँमा बिक्री गरिरहेका छन् । 

एक क्रेटमा २५ केजी गोलभेँडा हुन्छ । यसरी गोलभेँडा प्रतिकेजी छ देखि आठ रुपैयाँमा बेच्नुपर्दा लागत नै उठाउन मुस्किल रहेको हरिवन नगरपालिका–२, सिकारी टोलका किसान वसन्तकुमार डुमजनले गुनासो गरे । “सुरुमा एक क्रेट गोलभेँडा एक हजार दुई सय रुपैयाँसम्ममा पनि बेच्यौँ तर अहिले आएर १५० रुपैयाँमा बेच्नु परेको छ,” डुमजनले भने ।

लालबन्दी बजारबाट तरकारी जाने मुख्य बजारमा भारतीय गोलभेँडा बिनारोकटोक भित्रिँदा यहाँका किसानलाई गोलभेँडा बेच्नै समस्या हुन थालेको हो । लालबन्दी नगरपालिका–१०, तुलसी टोलका किसान प्रेम श्रेष्ठले भने, “क्रेटको डेढ सयले गोलभेँडा बेच्दा हाम्रो लागत र हैरानी उठ्दैन ।” काठमाडौँमा नै गोलभेँडाको भाउ नरहेको भन्दै व्यापारीले गोलभेँडामा भाउ नै नलगाउने गरेका श्रेष्ठले गुनासो गरे ।

लालबन्दी नगरपालिका–१, नवलपुरका किसान चरित्र कुशवाहाले १० कट्ठामा लगाएको गोलभेँडा टिपेर बेच्ने बेला भए पनि व्यापारीले खरिद गर्न नमानेको बताए । “भारतीय गोलभेँडा आइरहेको छ भन्दै व्यापारीले हाम्रो गोलभेँडा लिन मानिरहेका छैनन्,” कुशवाहाले भने ।

बारीभरि पाकेर राताम्मे भएको गोलभेँडा तत्काल बिक्री नगरे नष्ट भएर जाने भएकाले किसान व्यापारीले भनेकै मूल्यमा गोलभेँडा बिक्री गर्नुपर्ने बाध्यतामा छन् । पछिल्लो समय बिचौलिया सक्रिय हुँदा किसान थप मारमा परेका छन् ।

लालबन्दी कृषि थोक तरकारी बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका व्यापारी तोरनबहादुर मगरले भारतीय गोलभेँडा भित्रिरहेको र गोलभेँडा उत्पादन हुने मध्य सिजन भएकाले यहाँ फलेको गोलभेँडाले भाउ पाउन नसकेको बताए ।

सर्लाहीमा उत्तरी भेगको लालबन्दी, रानीगञ्ज, पत्थरकोट, चन्द्रपुर, हीरापुर, नवलपुर, अत्रौली, सासापुरलगायत क्षेत्रमा गोलभेँडाको व्यावसायिक खेती हुने गरेको छ । लालबन्दी बजारबाट अहिले दैनिक २५ देखि ३० टन गोलभेँडा कालिमाटीलगायत देशका प्रमुख बजारमा जाने गरेको छ ।

लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले गोलभेँडा किसान वास्तवमै मारमा परेका बताए । पौडेलले भने, “कृषि बजार निर्देशनालय, नगरपालिका, व्यापारी र किसान बसेर भाउ तय गर्ने हो भने किसानलाई राहत मिल्न सक्छ ।”

किसानले यति सस्तो मूल्यमा गोलभेँडा बिक्री गर्नुपर्दा स्थानीय सरकारका रूपमा रहेको नगरपालिकाले कुनै चासो नदिएको गुनासो गरेका छन्      गोरखापत्र दैनिकबाट

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved