दान पेटिकामा जम्मा भएको रकमबाट दुर्गमको विद्यालयलाई सहयोग गर्ने मन्त्री किरातीको उद्घोष

नेपालभ्युज

दान पेटिकामा जम्मा भएको रकमबाट दुर्गमको विद्यालयलाई सहयोग गर्ने मन्त्री किरातीको उद्घोष

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादा, मालाको सट्टामा राखेको दान पेटिकामा संकलन भएको रकम शिक्षा क्षेत्रमा लगानी गर्ने घोषणा गरेका छन् ।

मन्त्री किरातीले दान पेटिका बन्द भएको उल्लेख गर्दै त्यहाँ जम्मा भएको रकममा आफ्नो एक महिनाको र आफ्नो सचिवालयको सदस्यहरूको १५ दिनको सेवा-सुविधा थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने उद्घोष गरेका हुन् ।

मन्त्री भएपछि किरातीले खादा र माला लगाएर बधाई दिनुको सट्टा सहयोग गर्न भन्दै दान पेटिका राखेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved