मन्त्रालयबाट बाहिरिँदै रविले भने- एउटा अनागरिकले के गर्नसक्छ, मलाई थाहा छैन

नेपालभ्युज

मन्त्रालयबाट बाहिरिँदै रविले भने- एउटा अनागरिकले के गर्नसक्छ, मलाई थाहा छैन

काठमाडौं । सर्वोच्च अदालतले सांसद पद बदर गरिदिएसँगै गृहमन्त्री रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएका छन्।

सर्वोच्च अदालतले सांसद पद खारेजको फैसला सुनाउँदा मन्त्रालयमै रहेका लामिछाने बाहिरिएका हुन् ।

मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूको अब के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘एउटा अनागरिकले के गर्नसक्छ, मलाई थाहा छैन ।’

उनले आफूले सर्वोच्चको फैसलाको स्वागत गर्ने बताए । ‘अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु । तर, म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved