माओवादीको स्थायी समिति बैठक जारी, भावि रणनीतिबारे सदस्यले सुझाव दिँदै

नेपालभ्युज

माओवादीको स्थायी समिति बैठक जारी, भावि रणनीतिबारे सदस्यले सुझाव दिँदै

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि जारी छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा सुरू भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीति र पार्टीको भावी कदम र रणनीतिका बारेमा सदस्यहरुले नेतृत्वलाई सुझाव दिइरहेका छन् ।

मुख्यत राष्ट्रपति चयनका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुझाव मागेका छन् ।

हिजोको बैठकमा अध्यक्ष प्रचण्डले नयाँ राष्ट्रपति बनाउँदा शक्ति सन्तुलनलाई पनि ध्यान दिनुपर्ने र विश्वासको मत दिएका दलबीच सहमति कायम गर्नुपर्ने धारणा राखेका थिए ।

सदस्यका सुझावपछि बैठकले राष्ट्रपति निर्वाचनबारे आफ्नो पोजिसन तय गर्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved