बंगलादेशमा ‘सकरमाउथ क्याटफिस’ को कारोबारमा प्रतिबन्ध

नेपालभ्युज

बंगलादेशमा ‘सकरमाउथ क्याटफिस’ को कारोबारमा प्रतिबन्ध

ढाका । बंगलादेश सरकारले देशका माछा किसानहरूमाझ गम्भीर चिन्ताको विषय बनेका ‘सकरमाउथ क्याटफिस’ प्रजाति कारोबारमा प्रतिबन्ध लगाएको छ ।

बंगलादेशको मत्स्य तथा पशुपन्छी मन्त्रालयले एक सूचना जारी गर्दै रैथाने प्रजातिका माछाका लागि ठूलो खतरा मानिएको ‘सकरमाउथ क्याटफिस’ आयातमाथि प्रतिबन्ध लगाएको उल्लेख गरेको छ ।

बंगलादेशी राष्ट्रपतिको निर्देशनलाई उद्धृत गर्दै मत्स्य पालन तथा पशुपन्छी मन्त्रालयका उपसचिव मृणाल कान्ति डेले बुधबारदेखि नै क्याटफिसमाथि प्रतिबन्ध लगाएको बताएका हुन् ।

निर्णयअनुसार अब कसैले पनि ‘सकरमाउथ क्याटफिस’को आयात, बिक्री, आपूर्ति वा संरक्षण गर्न पाउने छैनन् ।

सन् २०२२ सेप्टेम्बर २५ मा मन्त्रालयले माछा सुरक्षा तथा संरक्षण ऐन–१९५० को दफा १८ मा संशोधन गर्ने प्रस्ताव पेश गरेको थियो ।

बङ्गलादेशले सन् २००८ मा बङ्गलादेशमा अफ्रिकी पिरान्हाको खेती, प्रजनन, बजारीकरण र व्यापारमा प्रतिबन्ध लगाएको थियो ।

सन् २०१४ मा स्थानीय माछाको संरक्षणका लागि अफ्रिकी क्याटफिसको आयात, उत्पादन र बजारीकरणमा पनि प्रतिबन्ध लगाइएको थियो ।

मत्स्य पालन विभागका उपनिर्देशक मोहम्मद खालिद कनकले यसअघि ‘सकरमाउथ क्याटफिस’लाई पनि यस्तै कारणले प्रतिबन्ध लगाइएको बताए । सिन्ह्ना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved