तुरुन्तै परिणाम दिन कठिन छ : गृहमन्त्री लामिछाने

नेपालभ्युज

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरूलाई थिलथिलो पारिएका कारण छिटो छिटो परिणाम दिन कठिन भएको बताएका छन् ।

प्रतिनिधिको बैठकमा मंगलबार बोल्दै गृहमन्त्री लामिछानेले पहिला पुराना दलहरूले बिगारेको पद्धति सुधार गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘राज्यका संयन्त्रलाई थिलथिलो बनाएर छोडिएको छ । काम गर्नेलाई कानुन पालना गराउनु भन्दापनि आदेश पालना गर्नेगरी निरीह बनाएर राखिएको छ । म यो कुराको प्रतिउत्तर हैन कामको माध्यमबाट, रिजल्टको माध्यमबाट काम गर्न चाहन्छु ।’

मन्त्री लामिछानेले राज्यको प्रणाली र मापदण्ड सुधारमा निरन्तर लागिरहेको बताउँदैआफ्नो दल संसद्मा छेडखानी गर्ने, अरुलाई होच्याउने जस्ता काममा नलाग्ने प्रतिबद्धता समेत जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved