थोरै चिया पिउँदा फाइदा तर धेरै भए….

नेपालभ्युज

थोरै चिया पिउँदा फाइदा तर धेरै भए….

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दुधको चिया मन पर्छ । कतिपयले ग्रीन टी पिउने गर्छन् ।

चिया शताब्दीयौंदेखि परम्परागत औषधीको रुपमा पनि प्रयोग हुँदै आएको छ । चिया पिउनुका धेरै फाइदा छन् । तर कालो, सेतो चिया वा ग्रीन टी पनि एक सीमामा पिउनुपर्छ ।

यदी तपाईं दिनमा तीनचार कप वा सो भन्दा बढी चिया पिउनुहुन्छ भने, यो स्वास्थ्यका लागि हानिकारक सावित हुन सक्छ । अत्यधिक चिया पिउनाले विभिन्न खाले समस्या हुन सक्छन् ।

हेल्थलाइनको रिपोर्ट अनुसार दिनमा बारम्बार चिया पिउँदा शरीरमा आइरनको कमी हुन सक्छ । चियाको पातमा ट्यानिन्स नामक तत्व पाइन्छ, जसले शरीरमा रहेको आइरन तत्वलाई टाँसिने गरी पाचन प्रणालीबाट बाहिर निकाल्छ ।

धेरै चिया पिउनाले बेचैनी र थकान निम्त्याउन सक्छ । चियामा क्याफिनको मात्रा बढी हुन्छ । यो यस्तो पदार्थ हो जसले शरीरमा बेचैनी र थकान बढाउँछ ।

यसका साथै तपाईंले आफ्नो दिनचर्यामा जति धेरै कप चिया थप्नुहुन्छ, त्यति नै निद्रामा असर पर्छ ।

चिया पिउनाले मानिसलाई पेटको समस्या पनि हुन सक्छ । यसले एसिडिटी र ग्यासको समस्या निम्त्याउन सक्छ । गर्भवती महिलाका लागि चियाको चुस्की हानिकारक हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved