ल्वाङ सेवन गर्दा फाइदै फाइदा

नेपालभ्युज

ल्वाङ सेवन गर्दा फाइदै फाइदा

एजेन्सी । ल्वाङ कसरी प्रयोग गर्ने र कति मात्रामा प्रयोग गर्ने भन्ने अन्यौल सबैलाई हुन्छ । कतिपय अवस्थामा ल्वाङ सेवन आवश्यकता भन्दा बढी पनि हुन सक्दछ ।

त्यसैले यसको सही मात्रामा सही तरिकाले प्रयोग गर्नु अत्यावश्यक हुन्छ । ल्वाङमा युजेनल नामक तत्व हुन्छ, जसले धेरै प्रकारका स्वास्थ्यसम्बन्धी समस्याबाट मुक्त हुन मद्दत गर्छ । ल्वाङको असर तातो हुने भएकाले चिसो वा रुघाखोकी लागेमा पानीमा उमालेर पिउँनाले फाइदा गर्छ ।

यस्ता छन् अन्य फाइदा :

अनुहारमा चमक-  दिनमा दुईपटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक बढ्छ ।

नरम छाला-  ल्वाङमा पाइने एन्टीअक्सीडेन्ट्सले छालालाई नरम र चम्किलो बनाइराख्न मद्दत गर्छ ।

कमजोरी भगाउँछ– यसमा पोटासियम हुन्छ, जसले कमजोरी भगाउने र तुरुन्तै ऊर्जा दिन्छ ।

आँखाका लागि-  अधिक मात्रामा पाइने भिटामिन ए ल्वाङले आँखाको ज्योति कायम राख्न मद्दत गर्छ ।

एसिडिटी- ल्वाङ खाने गर्नाले मुखमा ‘सेलाइवा’ बढी उत्पादन हुन्छ, जसले खानालाई राम्ररी पचाउन सघाउँछ र पेटमा एसिडिटीको समस्या हुँदैन ।

मुटुको समस्या- दिनमा एउटै मात्र ल्वाङ चबाउनाले पनि कोलेस्ट्रोलको मात्रा कम गर्न सघाउँछ । यसले मुटुसम्बन्धी समस्याबाट बचाउन मद्दत गर्छ ।

घाउका लागि फाइदाजनक- ल्वाङमा पाइने एन्टीब्याक्टेरियल तत्वले घाउलाई चाँडै निको हुन सघाउँछ ।

रोगसँग लड्ने क्षमता- यदी खानामा ल्वाङलाई पनि मिसाउनु भएको छ भने शरीरलाई रोगसँग लड्ने क्षमता बढ्छ र तपाईं धेरै रोगहरुबाट बच्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved