आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न

नेपालभ्युज

आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औँ वार्षिक साधारणसभा  सम्पन्न भएको छ । सोमबार लाजिम्पाटस्थित होटल दि हिमालयमा भएको साधारणसभामा सम्पूर्ण सेयरधनी महानुभावहरूलाई हार्दिक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बिमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए ।

सभालाई अध्यक्ष ढकालले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको कारणबाट समग्र बिमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराए ।

अध्यक्ष ढकालले २४औँ साधारण सभामा गरिएको भवन निर्माणको प्रतिबद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा वर्षमा कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्नपश्चात् उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने पनि जानकारी गराए ।

त्यसैगरी, कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बिमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आईजीआई हेल्थ प्लस बिमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बिमामा चालु आ.व. मा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै सेवामा विविधता र शाखा रहित बिमामा प्रविधिको प्रयोग गरी सहज बिमा सेवा प्रदान गर्ने जानकारी गराए ।

देशमा विद्यमान आर्थिक तथा राजनैतिक अवस्थाको बाबजुद पनि कम्पनीले गत वर्षको दाँजोमा १६.४७ प्रतिशतले बिमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको जानकारी गराउँदै कम्पनीले २५औँ साधारण सभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरू सभाले कर्तल ध्वनीका साथ स्वीकृत गरेकोमा सबै सेयरधनीहरूलाई धन्यवाद व्यक्त गरे ।

त्यसैगरी, सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २५औँ वार्षिक साधारण सभामा सम्पूर्ण सेयरधनी महानुभावहरूलाई स्वागत गर्दै कम्पनीले आफ्ना ग्राहक महानुभावहरू, लगानीकर्ता, नियमनकारी निकायहरू र कर्मचारी साथीहरूको टिमको सहयोगबाट कम्पनी अघि बढिरहेको जानकारी गराए । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गर्दै लगानीकर्ताहरूको भावना र सञ्चालक समितिको निर्देशनबमोजिम अगाडि बढिरहेको समेत सभालाई जानकारी गराए ।

बिमा अर्थतन्त्रको एक उत्कृष्ठ हिस्सा बनिरहेको वर्तमान परिप्रेक्षमा यसको पहुँच विस्तार तथा विकासको लागि हरसम्भव प्रयत्न गर्दै आइरहेको जानकारी गराउँदै आगामी दिनमा डिजिटलाइजेसनको माध्यमबाट गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य सहित कम्पनी अगाडि बढिरहेको श्रेष्ठले बताए । आ.व. २०७७-७८ मा रु. १ अर्ब ५२ करोड ११ लाख बिमा शुल्क आर्जन गरेकोमा समीक्षा वर्षमा रु. १ अरब ७७ करोड १६ लाख बिमाशुल्क आर्जन गरी गत वर्षको दाँजोमा १६.४७ प्रतिशतले बिमा शुल्क वृद्धि भएको जानकारी गराए भने चालु आ.व.को पौष मसान्तसम्ममा कम्पनीले कुल ९० करोड २५ लाख बिमाशुल्क आर्जन गरिसकेको पनि सभालाई जानकारी उनले गराए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved