सुर्खेतमा जीप दुर्घटना, ४ जनाको ज्यान गयो

सुर्खेतमा जीप दुर्घटना, ४ जनाको ज्यान गयो

सुर्खेत। सुर्खेतमा हाइलक्स गाडी दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । छिन्चुबाट सुर्खेततर्फ गइरहेको  वाग्मती प्रदेश ०१० च ९२१३ नम्बरको डबल क्याब हाइलक्स गाडी विरेन्द्रनगर नगरपालिका ११ को झुप्रा खोलामा सडकबाट खसेको हो ।

दुर्घटनामा सुर्खेतका चालक सागर शाही, दैलेखको डुङ्गेश्वरका दिपेशजंग शाही, दैलेखकै भगवतीमाइका बबिन शाही र गुराँस गाउँपालिकाका राजेन्द्र बीसीको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दैलेखको भैरवीका विरेन्द्रराज शाहीको उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved