पार्टी जिम्मेवारीबाट अलग भए सभामुख घिमिरे

नवनिर्वाचित सभामुख देवराज घिमिरे नेकपा एमालेबाट अलग भएका छन्। सभामुख पद संवैधानिक पद भएको र तटस्थ भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।

नेपालभ्युज

पार्टी जिम्मेवारीबाट अलग भए सभामुख घिमिरे

काठमाडौं। नवनिर्वाचित सभामुख देवराज घिमिरे नेकपा एमालेबाट अलग भएका छन्। सभामुख पद संवैधानिक पद भएको र तटस्थ भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।

बिहीबार सभामुख निर्वाचित भएका घिमिरेले आज शुक्रबार शपथ लिएर पदभार ग्रहण गर्दैछन्।

घिमिरेले शुक्रबार विज्ञप्ति जारी गर्दै सभामुखको निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने भएकाले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरे।

उनले भनेका छन् ‘‘म प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाह गर्नका लागि नेकपा (एमाले) को पार्टी सदस्यता र पार्टी सम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved