कर्णालीमा उपसभामुखका लागि न्यौपाने र शाहीको उम्मेदवारी दर्ता

कर्णालीमा उपसभामुखका लागि न्यौपाने र शाहीको उम्मेदवारी दर्ता

सुर्खेत। कर्णाली प्रदेश सभाको उपसभामुख पदका लागि माओवादी केन्द्रका यशोदा न्यौपाने र नेपाली कांग्रेसका इन्द्राकुमारी शाहीको उम्मेदवारी परेको छ । आज हुने उपसभामुखको निर्वाचनमा शाही र न्यौपानेको उम्मेदवारी परेको हो ।

उपसभामुखका लागि आज निर्वाचन हुने कार्यतालिका रहेको छ । न्यौपाने कालिकोटबाट र शाही दैलेखबाट समानुपातिक सांसद हुन् । कर्णालीमा प्रदेशमा माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी र राप्रपाको गठबन्धन रहेको छ ।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रका एक-एक जना सभासद रहेका छन् ।

यसरी हेर्दा उपसभामुखमा सत्ता गठबन्धन दलका दल २५ जना मत हुनेछ । त्यसैले, उपसभामुखमा न्यौपानेको जित निश्चित जस्तै देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved