विमान दुर्घटना: २६ जनाको पहिचान खुल्यो, चिन्न नसकेका शवलाई डीएनए परीक्षण गरिने

दुर्घटनामा परेका २६ जनाको पहिचान खुलेकाे कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताए ।  उनीहरुको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । पहिचान खुल्न नसकेका शवलाई काठमाण्डौ लगेर डीएनए परीक्षण गरिने उनले बताए ।

नेपालभ्युज

विमान दुर्घटना: २६ जनाको पहिचान खुल्यो, चिन्न नसकेका शवलाई डीएनए परीक्षण गरिने

पोखरा । यति एअरलाइन्सको जहाज दुर्घटनामा परि ज्यान गुमाएकामध्ये ६९ जनाको शव भेटिएको छ । तिमध्ये २६ जनाको पहिचान खुलेको छ । बाँकी शव चिन्नै मुश्किल हुने अवस्थामा रहेको छ ।

दुर्घटनामा परेका २६ जनाको पहिचान खुलेकाे कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताए ।  उनीहरुको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।

पहिचान खुल्न नसकेका शवलाई काठमाण्डौ लगेर डीएनए परीक्षण गरिने उनले बताए ।

पहिचान भएकामा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भइ अहिले बालाजु बस्ने सङ्गीता शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर छन् ।

यस्तै पर्वतको कुष्मा १ का १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुष्मा ९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धि, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङको शव पनि पहिचान भएको छ ।

यस्तै, रुपन्देही शङ्करनगर ८ का डा. गणेश थापा, काठमाण्डौकी नितु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेन छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved