दुर्घटनाको शोकमा भोलि यती एयरलाइन्सका सबै उडान रद्द

यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ। एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्धारबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ।

नेपालभ्युज

दुर्घटनाको शोकमा भोलि यती एयरलाइन्सका सबै उडान रद्द

काठमाडौं। यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ।

एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ।

कम्पनीको ९एन एएनसी एटीसआर ७२–५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ। दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

यती एयरलाइन्सले जहाज दुर्घटनामा परेका यात्रुका आफन्त र परिवारका सदस्यले सम्पर्क गर्न सक्ने गरी फोन नम्बर सार्वजनिक गरेको छ।

दुर्घटनामा परेका आफन्तले काठमाडौं विमानस्थलमा ०१–४४९३०१, पोखरा विमानस्थलमा ०६१–५९७०५५ र कल सेन्टरको फोन नम्बर ०१–५९७००७४ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved