विमान दुर्घटनास्थलमा भीड बढेर उद्धारमा बाधा

काठमाडौंबाट पोखरा उडेको यति एयरको विमान दुर्घटनास्थलमा अत्यधिक भिड बढेपछि उद्धारमा बाधा परेको छ। दुर्घटनास्थल सेती खोंचमा फोटो र भिडियो बनाउनेको पनि अहिले भिड लागेपछि उद्धारमा बाधा परेको हो।

नेपालभ्युज

विमान दुर्घटनास्थलमा भीड बढेर उद्धारमा बाधा

पोखरा। विमान दुर्घटनास्थलमा अत्यधिक भिड बढेपछि उद्धारमा बाधा परेको छ। दुर्घटनास्थल सेती खोंचमा फोटो र भिडियो बनाउनेको पनि अहिले भिड लागेपछि उद्धारमा बाधा परेको हो।

प्रहरीले भिडका कारण उद्धार कार्य प्रभावित भएको भन्दै सडकबाट मानिसलाई हट्न आग्रह गरेको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पनि भिड गरेर उद्धार कार्यमा बाधा नपुराइदिन अनुरोध गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमै सर्ट फाइनलको क्रम(ल्यान्डिङ गर्ने तयारी)मा रहेको बेलामा विमान दुर्घटनामा परेको हो।

आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा विमान दुर्घटना भएको थियो। विमानमा ६८ यात्रुसहित ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एयरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved