सुपमा आज पनि सभामुख चयन हुन सकेन, माग सम्बोधन नभएको भन्दै नाउपा तटस्थ

नेपालभ्युज

सुपमा आज पनि सभामुख चयन हुन सकेन, माग सम्बोधन नभएको भन्दै नाउपा तटस्थ

धनगढी । दुवै उम्मेदवारले बहुमत पाउन नसकेपछि सुदूरपश्चिम प्रदेशले आज पनि सभामुख पाउन सकेन । यहाँ माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली काङ्ग्रेसबाट मनाबहादुर रावल सभामुखका उम्मेदवार छन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत पाउन २७ सांसद आवश्यक पर्छ । आज भएको मतदानमा दुवै उम्मेदवारले २२-२२ मत पाए । नागरिक उन्मुक्तिका ७ सांसदले मतदानमा भाग लिएनन् ।

प्रदेशसभामा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।

विशेष समयमा बोल्दै नागरिक उन्मुक्तिका प्रमुख सचेतकले आफूहरूको माग सम्बोधन नभएको भन्दै कतै मत नदिने बताएका थिए ।

उन्मुक्तिको ७ मत नपाउँदा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २२ मत मात्रै पाए । कांग्रेस उम्मेदवार रावलले आफ्नो पार्टी र नेकपा एकीकृत समाजवादीका मत पाए ।

ज्येष्ठ सदस्य शिवराज भट्टले सभा चलाइरहेकाले मत दिन पाएनन् । यस अघि बिहीबार पनि दुवै उम्मेदवारले बहुमत पाउन सकेका थिएनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved