एन्फाको आपत्‌कालीन बैठकले गर्‍यो यी ८ निर्णय

नेपालभ्युज

एन्फाको आपत्‌कालीन बैठकले गर्‍यो यी ८ निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आपत्‌कालीन कार्यसमितिको बैठकले ८ निर्णय गरेको छ । सातादोबाटोस्थित एन्फा कम्प्लेक्स शुक्रबार बसेको बैठकले ८ वटा निर्णय गरेको हो ।

बैठकले फुटबलका महान् खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । अखिल भारतीय फुटबल महासंघको प्रस्तावअनुसार नेपाली राष्ट्रिय महिला टोलीलाई यहि फेब्रुअरी १३ देखि २५ सम्ममा भारतमा हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको प्रस्ताव स्वीकार गर्ने निर्णय पारित गरेको छ ।

त्यस्तै सहिद स्मारक ’ए’ डिभिजन लिग २०७९ फागुन १९ र सहिद स्मारक ‘बी’ डिभिजन लिग २०७९ चैत्र १५ बाट सुरू गर्ने निर्णय गरेको छ । बैठकले ‘ए’ डिभिजन लिग २०७९ आयोजना गर्न अध्यक्ष पंकज विक्रम नेम्बाङको संयोजकत्वमा सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरू र सदस्यहरू सदस्य रहनेगरी लिग संचालन समिति गठन गरेको छ ।

‘ए’ डिभिजन लिग २०७९ को टिकट दर भीआइपी पारापिटतर्फ ३०० र साधारण पारापिटतर्फ १०० रुपैयाँ राख्ने बैठकले तय गरेको छ। बैठकले ‘बी’ डिभिजन लिग २०७९ र ’सी’ डिभिजन लिग २०७९ को टिकट मूल्य १०० तोकेको छ । ‘ए’ डिभिजन लिगको टिकेटिङ्ग अधिकारको लागि न्युनतम एक करोड पचास लाख, शीर्षक प्रायोजकबाहेकका कर्मसियल तथा मार्केटिङ्ग अधिकारको लागि न्युनतम एक करोड पचास लाख रुपैँया तोकेर टेन्डर आह्वान गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै ए, बी र सी डिभिजन लिगका ब्रोडकास्टिङ्ग अधिकारको लागि न्युनतम साठ्ठी लाख रुपैयाँ तथा ३ वटै लिग आयोजनामा आवश्यक पर्ने सेवा तथा सामाग्रीको लागि टेन्डर आह्वान गर्न एन्फा सचिवालयलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले ए, बी र सी लिगका लागि ३सदस्यीय इन्ट्रगिटि समितिको गठन गर्ने निर्णय पारित गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved