प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदै, प्रचण्डका ज्वाइँ मन्त्री बन्ने

नेपालभ्युज

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले  विश्वासको मत लिँदै, प्रचण्डका ज्वाइँ मन्त्री बन्ने

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदैछन् । बिहान ११ बजेदेखि सुरू हुने प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए ।

९३ सदस्यीय प्रदेश १ सभामा मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० सांसदको समर्थन छ ।

यसैबीच माओवादीका दुई मन्त्रीलाई पनि आजै नियुक्त गर्ने तयारी छ । माओवादीका तर्फबाट दुर्गाप्रसाद चापागाईं र  जीवन आचार्यलाई मन्त्री बनाइने बताइएको छ ।

आचार्य प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कान्छा ज्वाइँ हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved