छड्के-२ का लागि भिटेनको र्‍याप

नेपालभ्युज

छड्के-२ का लागि भिटेनको र्‍याप

काठमाडौं। आगामी फागुन १९ गते रिलिज हुने अनमोल केसी स्टारर फिल्म छड्के–२ का लागि -यापर भिटेनले एक गीत गाएका छन्। बुधबार रेकर्ड गरिएको फिल्मको गीतमा भिटेनले स्वर भरेका हुन्।

गीतमा शब्द रचना र संगीत पनि भिटेन स्वयंमको छ। कथा सुहाउँदो भएका कारण फिल्ममा भिटेनको गीत समावेश गरिएको फिल्मका निर्माता प्रशान्त गिरीले बताए।

ग्याङस्टर जनरामा निर्मित फिल्ममा निगम श्रेष्ठको लेखन र निर्देशन रहेको छ भने अनमोलका साथमा रोविन तामाध्र, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगरलगायतका कलाकार मुख्य भूमिकामा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved