कर्णालीका मुख्यमन्त्री शर्माले आज शपथ लिँदै

कर्णालीका मुख्यमन्त्री शर्माले आज शपथ लिँदै

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज शपथ लिने कार्यक्रम रहेको छ । मुख्यमन्त्री शर्मालाई आज दिउँसो तीन बजे कर्णाली प्रदेशका प्रमुख तिलक परियारले शपथ खुवाउने छन् ।

नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीसहितको समर्थनमा मुख्यमन्त्री बनेका शर्मासँगै एमाले र माओवादी केन्द्रका एक-एक जना मन्त्रीले पनि शपथ लिनेछन् ।

तर, मन्त्री हुनेको नाम अहिलेसम्म दलहरूले सार्वजनिक गरेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved