लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त, शपथ बिहीबार

नेपालभ्युज

लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त, शपथ बिहीबार

काठमाडौं ।  नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् । एमालेसहित सात राजनीतिक दल र दुई स्वतन्त्र सांसदसहित ५८ जनाको समर्थनमा गिरी मुख्यमन्त्री बनेका हुन् ।

सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले बुधबार दिउँसो प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको थियो । एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र दुई स्वतन्त्र सांसदसहित ५८ जनाको हस्ताक्षरमा सरकार गठनको लागि दाबी पेश भएको थियो ।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा, लोसपा र जनमतका तीन/तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुई जना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका तीन र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक सदस्य छन् ।

गिरी  रुपन्देही क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभामा विजयी भएका थिए । उनि यसअघि लुम्बिनी प्रदेशको वन तथा वातावरण र उद्योगमन्त्रीसमेत बनेका थिए ।

शपथ कार्यक्रम भने पुस २८ गते बिहीबार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा दिउँसो १ बजे हुने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved