एन्फाको कार्यसमितिको आपतकालीन बैठक

नेपालभ्युज

एन्फाको कार्यसमितिको आपतकालीन बैठक

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यसमितिको आपतकालीन बैठक बोलाएको छ ।

एन्फाका महासचिव किरण राईले कार्यसमितिका सदस्यहरूलाई पत्र पठाउँदै शुक्रबारका लागि आपतकालीन बैठक बोलाएका हुन् ।

‘अखिल नेपाल फुटबल संघको विधान २०७७ संस्करणको धारा ३९ ‘२’ बमोजित विशेष परिस्थितिमा कार्यसमितिको आपतकालीन बैठकमा उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु’, महासचिव राईले हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुनेछ । बैठकको एजेन्डाबारे भने खुलाइएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved