देशमा मन्त्री र सांसद बनाउने कारखाना खोल्ने काम मात्रै भइरहेको छ : चित्रबहादुर केसी

नेपालभ्युज

देशमा मन्त्री र सांसद बनाउने कारखाना खोल्ने काम मात्रै भइरहेको छ : चित्रबहादुर केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले संघीयतालाई बचाउन नसकिने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले देशमा उद्योग कलकारखाना खोल्नुनपर्ने ठाउँमा भएका कारखानाहरूलाई पनि निजीकरण गर्दा समस्या उत्पन्न भइरहेको बताए ।

उनले अहिले देशमा मन्त्री, सांसद बन्ने कारखाना खोल्ने काम भइरहेको बताउँदै अहिले पनि देश बेवारिसे भएको भन्दै राजनीतिक दलहरू सत्तामा कसरी जाने ? र जुनसुकै मूल्य चुकाएर भए पनि सरकारमा जानैपर्ने स्थिति विकराल बन्दै गएको बताए  ।

अध्यक्ष केसीले न्यायालयदेखि सबै क्षेत्रमा राजनीति हाबी भएको भन्दै सबै कुरा नसुध्रिएसम्म देशको विकास गर्न नसकिने बताए । उनले नेपालमा घुस खानु र भ्रष्टाचार गर्नु नैतिक अधिकारजस्तो भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved