प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेको निर्णय गर्ने अधिकार लोसपा अध्यक्ष ठाकुरलाई

उनले आजको बैठकमा संगठन बिस्तारको सन्दर्भमा यथाशिघ्र पार्टीको संगठन बिस्तारको कामलाई तिब्रता दिने निर्णय भएको पनि बताए।

नेपालभ्युज

प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेको निर्णय गर्ने अधिकार लोसपा अध्यक्ष ठाकुरलाई

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले मधेस प्रदेशको संसदीय दलको विधान अनुमोदन गर्ने निर्णय पनि गरेको पार्टीका नेता केशव झाले बताए ।

उनले आजको बैठकमा संगठन बिस्तारको सन्दर्भमा यथाशिघ्र पार्टीको संगठन बिस्तारको कामलाई तिब्रता दिने निर्णय भएको पनि बताए। उनले भने, ‘आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जुन कुरा छ, त्यस सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । मधेस प्रदेशको संसदीय दलको विधान अनुमोदन गर्ने कुरा थियो, त्यो पनि आजको बैठकले मधेस प्रदेशको संसदीय दलको विधान अनुमोदन गर्ने निर्णय गरेको छ । संगठन बिस्तारको सन्दर्भमा यथाशिघ्र पार्टीको संगठन बिस्तारको कामलाई तिब्रता दिने कुरा भएको छ ।’

नेता झाले बैठकमा राजनीतिक र समसामयिक विषयमा पनि छलफल भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved