प्रतिनिधि सभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

प्रतिनिधि सभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ। पुस २५ गते दिउँसो १ बजे बस्ने पहिलो बैठकमा प्रतिनिधि सभामा संलग्न दलका शीर्ष नेता वा सांसदले सम्बोधन गर्ने विषयमा सहमति जुटेको हो। प्रतिनिधि सभाको पहिलो बैठक यही पुस २५ गते दिउँसो १ बजे बस्ने कार्यसूची छ।

नेपालभ्युज

प्रतिनिधि सभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं। प्रतिनिधि सभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ।

पुस २५ गते दिउँसो १ बजे बस्ने पहिलो बैठकमा प्रतिनिधि सभामा संलग्न दलका शीर्ष नेता वा सांसदले सम्बोधन गर्ने विषयमा सहमति जुटेको हो। प्रतिनिधि सभाको पहिलो बैठक यही पुस २५ गते दिउँसो १ बजे बस्ने कार्यसूची छ।

पहिलो बैठकको कार्यसूचीलगायतका विषयमा सहमति जुटाउन ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले आज शुक्रवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरेका सर्वदलीय बैठकले प्रतिनिधि सभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार बैठक बस्ने निर्णय गरेको हो।

यस्तै पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ। त्यो कार्यसूचीलाई पनि पुरानै नियमावलीअनुसार नै विश्वासको मतका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको छ।

प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने भन्ने व्यवस्थाअनुसार आउँदो माघ ७ गतेका लागि सहमति जुटेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।

बैठकमा गरिएको प्रस्तावअनुसार माघ ७ गते सभामुख र माघ ९ गते उपसभामुखको चुनाव हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved