कर्णाली प्रदेशमा पुस २७ गतेसम्म सरकार गठनका लागि आह्वान

कर्णाली प्रदेशमा पुस २७ गतेसम्म सरकार गठनका लागि आह्वान

सुर्खेत। कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेशको नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । पुस २७ गते साँझ ५ बजेसम्मको समय दिएर नयाँ गठनको दाबी पेश गर्न आह्वान गरेका हुन् ।

नेपालको संविधानको १६८ (१) कुनै दलको बहुमत स्पष्ट नभएकाले नेपाल संविधान धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्नेमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख परियारले आह्वान गरेका छन् ।

कर्णाली प्रदेशसभामा ४० सदस्यीय रहेको छ । प्रदेश सरकार बनाउनका लागि २१ जनाको भए बहुमत हुन्छ। कर्णाली प्रदेशसभा नेपाली कांग्रेसको १४, नेकपा माओवादी केन्द्रको १३, नेकपा एमालेको १०, नेकपा एकीकृत समाजवादीको १, राप्रपाको १ र एक जना स्वतन्त्र सांसद रहेका छन् ।

कर्णालीमा माओवादी केन्द्र राजकुमार शर्मा र एमालेका यामलाल कँडेलले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved