राहदानी विभागमा प्रधानमन्त्री कार्यालयको निरीक्षण

नेपालभ्युज

राहदानी विभागमा प्रधानमन्त्री कार्यालयको निरीक्षण

काठमाडौं । राहदानी विभागले सफ्टवेयरमा समस्या आएको भन्दै  सेवा प्रवाह गर्न नसक्ने बताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सूचना तथा प्रविधि टोलीले विभागको त्रिपुरेश्वरस्थित कार्यालयको निरीक्षण गरेको छ ।

सो  क्रममा टोलीले विभागका महानिर्देशक सुरेन्द्र यादव ,प्रशासन र सफ्टवेयरको प्राविधिक सपोर्ट गर्ने टीमसँग समस्याका बारेमा विस्तृत छलफल  गरेको छ ।

छलफलमा सेवाग्राहीले लामो समय लाइनमा नबसी राहदानी पाउने व्यवस्थाका लागि आवश्यक संरचनात्मक तथा नीतिगत सुधार वा परिमार्जनका लागि तत्काल कार्ययोजना बनाउन टोलीले विभागका महानिर्देशकलाई निर्देशन दिएको  प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

छलफलमा सेवाग्राहीले लामो समय लाइनमा नबसी राहदानी पाउने व्यवस्थाका लागि आवश्यक संरचनात्मक तथा नीतिगत सुधार वा परिमार्जनका लागि तत्काल कार्ययोजना बनाउनसमेत जोड दिइएको छ।

प्रचण्ड नेतृत्वको  पहिलो क्याबिनेट बैठकले राहदानी,सवारी चालक अनुमति पत्र,राष्ट्रिय परिचयपत्रमा देखिएका समस्या समाधान गरी चुस्तदुरुस्त सेवा दिने निर्णय गरेको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved