खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदाहरू

नेपालभ्युज

खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदाहरू

एजेन्सी। पानीले हाम्रो शरीरका विभिन्न अंगको रक्षा मात्र गर्दैन, हरेक कोशिकाहरुसम्म पोषक तत्व र अक्सिजन पुर्याउने काम पनि गर्छ ।

बिहान उठ्दा शरीरलाई पानीको अत्यधिक आवश्यकता भइरहेको हुन्छ । त्यसैले बिहान उठ्नेबित्तिकै कम्तीमा दुई गिलास पानी पिउनु स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ ।

बिहान पानी पिउँदा पेटमा रहेको ग्यास बाहिर आउँछ साथै दिशा पनि खुलेर आउँछ । जसले गर्दा तपाईं दिनभर उर्जावान महसुस गरिराख्नुहुनेछ ।

बिहान खाली पेटमा मनतातो पानी दिनहुँ पिउँदा तौल कम गर्न पनि मद्दत मिल्दछ । पानीले नयाँ कोशिकाहरु निर्माण गर्न मद्दत गर्छ भने मांसपेशीलाई पनि बलियो बनाउँछ ।

पानीले शरीरको इन्फेक्सनसँग लड्ने क्षमता बढाउँछ । जापानी मेडिकल सोसाइटीका अनुसार खाली पेट पानी पिउँदा टाउको दुख्ने, जीउ दुख्ने, मुटुसम्बन्धी रोग, टीबी, मिर्गौलासम्बन्धी रोग, मधुमेह, कब्जियत लगायत विभिन्न रोगको उपचारमा मद्दत मिल्दछ ।

बिहानी पानी पिउँदा शरीरमा विद्यमान विषालु पदार्थ बाहिर निस्कन्छ र रगत सफा हुन्छ । रगत सफा भयो भने छाला पनि चम्किलो बन्दै जान्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved