आहा-रारा गोल्डकपमा मछिन्द्र र चर्च ब्वाइज युनाइटेड भिड्दै

नेपालभ्युज

आहा-रारा गोल्डकपमा मछिन्द्र र चर्च ब्वाइज युनाइटेड भिड्दै

काठमाडौं। आहा रारा गोल्डकप फुटबल प्रतियोेगितामा आज आइतबार मछिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड क्लब भिड्दै छन्।

पोखरा रंगशालामा हुने खेलमा मछिन्द्र र चर्च ब्वाइज दिउँसो २ बजे आमने-सामने हुनेछन्।

शुक्रबार भएको खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो।

हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved