यति गरेपछि ‘ब्यूटीपार्लर’ धाइरहनु पर्दैन

नेपालभ्युज

यति गरेपछि ‘ब्यूटीपार्लर’ धाइरहनु पर्दैन

एजेन्सी । सुन्दर देखिन सधैं महंगो ब्यूटी पार्लरमै जानुपर्छ भन्ने छैन । किचनमै उपलब्ध केही सामग्रीबाट पनि तपाईले सुन्दरता पाउन सक्नुहुन्छ ।

टमाटरमा एन्टीअक्सीडेन्ट तत्व पाइन्छ तथा ब्लीच क्रीमको गुण पनि हुन्छ । यसको पेस्ट बनाएर मुहार तथा गर्दनमा लगाउनुहोस् । १५ मिनेट यतिकै छोडेर सफा पानीले धुनुहोस् ।

यस्तो नियमित गर्दा मुहारको दागधब्बा सफा हुँदै जान्छ र घामले डढेको छाला पनि चम्किलो हुँदै जान्छ ।

सुन्तला खानुहोस् तर यसको ब्रोक्रा नफाल्नुहोला । बोक्रालाई सुकाएर पिस्नुहोस् । उक्त पाउडरमा ग्लिसरीन मिलाएर अनुहारमा मसाज गर्दै लगाउनुहोस् ।

यस्तो प्रक्रिया तपाईले विशेष गरी साँझमा गर्नसक्नुहुन्छ । यसले छालामा स्क्रबीङका साथै फोहोरहरु हटाउँछ । सुख्खा छाला भएकाले भने यस्तो प्रक्रियापछि मोईस्चराइजर लगाउनु अनिवार्य हुन्छ ।

एक चम्चा महमा कागतीको रस मिसाएर अनुहारमा मसाज गर्नुहोस् यसले चाउरीपना हट्दै जान्छ ।

आँखाको तल्लो भागमा देखिएको कालोपन हटाउन आलूको टुक्रा दल्नुहोस । आलू एककिसिमको प्राकृतिक ब्लीच हो, जसले छालामा ग्लो ल्याउँछ ।

बेसन, बेसार र दही मिलाएर गर्दन तथा शरीरमा मसाज गर्दै लगाउनुहोस् र सुक्न दिनुहोस् । त्यसपछि नुहाउनुहोस् यसले छाला कोमल तथा आकर्षक देखिन्छ ।

पाकेको मेवाको बोक्रा निकालेर भित्रको भागलाई मिचेर पेस्ट बनाउनुहोस् र त्यसलाई छालामा लगाउनुहोस् यसले पनि चमक ल्याउन मद्दत गर्छ ।

चन्दनको पाउडर, बेसन र बेसार मिसाएर फेस प्याक तयार गरी लगाउनुहोस् यसले छालामा निखार ल्याउँछ ।

आफ्नो खानामा धेरै रसदार फलफूलको प्रयोग गर्नुहोस् जस्तो बेरी, सुन्तला, अमला आदि । यसका साथै हरियो साग तरकारी पनि खानुपर्छ किनकि यसमा भरपूर मात्रामा एन्टीअक्सीडेन्ट हुन्छ ।

जसले शरीरको भित्री भागबाट सनस्क्रीनको काम गर्दछन् र तपाईको छालालाई ड्यामेज हुन दिँदैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved