गठबन्धन टुट्नुमा देउवा र प्रचण्ड जिम्मेवार रहेको एकीकृत समाजवादीको निष्कर्ष

नेपालभ्युज

गठबन्धन टुट्नुमा देउवा र प्रचण्ड जिम्मेवार रहेको एकीकृत समाजवादीको निष्कर्ष

काठमाडौं। नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुका मुख्य साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको निष्कर्ष निकालेको छ । शनिबार पार्टी कार्यालयमा बसिरहेको स्थायी कमिटी बैठकमा गठबन्धन टुट्नुको कारणबारे छलफल भएको छ ।

एकीकृत समाजवादीका प्रवक्तासमेत रहेका नेता जगन्नाथ खतिवडाले सभापति देउवा र प्रचण्डका कारण गठबन्धन टुटेको बताए ।

पार्टी बैठकको बीचमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने भनेर बोलेको कुरा पूरा नगरेका कारण गठबन्धन टुटेको बताउँदै त्यसबारेमा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई पनि थाहा भएको बताए ।

बैठकमा अध्यक्ष नेपालले देउवाले प्रचण्डलाई प्रधानमन्त्री दिन सहमत भएको तर, वचन पूरा नगरेपछि गठबन्धन टुटेको बताउँदै उनले गठबन्धन टुट्नुका मुख्य साझेदार रहेका देउवा र प्रचण्ड जिम्मेवार रहेको उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved