प्रधानमन्त्रीलाई स्मरण पत्र- टीकापुर घटनालाई राजनीतिक रूपमा सम्बोधन गरियोस्

नेपालभ्युज

प्रधानमन्त्रीलाई स्मरण पत्र- टीकापुर घटनालाई राजनीतिक रूपमा सम्बोधन गरियोस्

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्मरण पत्र बुझाएको छ । सो पार्टीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार   पाँच बुँदे मागसहित स्मरण पत्र बुझाएको हो ।

पार्टी  प्रवक्ता दामोदर पण्डितद्वारा हस्ताक्षरित पत्रमा आफूहरूको माग सम्बोधन नभएसम्म प्रदेश सरकारमा पनि सहभागी नहुने र कुनै पनि गठबन्धनलाई सहयोग समर्थन नगर्ने बताइएको छ ।  ‘२०७२ सालको टीकापुर घटनाको आरोपितहरू जो जेलमा बन्दी हुनुहुन्छ । उनीहरूको निःशर्त रिहाइ, ५८ जनाको नाममा रहेको मुद्दा खारेजी र उक्त घटनाको सत्य तथ्य छानबिन गरी सार्वजनिक गर्न बनेका सम्पूर्ण आयोगका प्रतिवेदन सार्वजनिक नहुँदासम्म प्रदेश सरकारमा सहभागी पनि नहुने र कुनै पनि गठबन्धनलाई सहयोग र समर्थन पनि नगर्ने स्मरण गर्न चाहान्छौ,’ स्मरण पत्रमा  भनिएको  छ ।

स्मरण पत्रमा  जेल जीवन बिताइरहेका पार्टीका संरक्षक रेशम चौधरी र प्रम प्रचण्डबीच भारतमा भएको भेटवार्तालाई पनि उल्लेख गर्दै  भनिएको छ, ‘विगतमा तपाईँ दोस्रो पटक प्रधानमन्त्री हुँदा मित्र राष्ट्र भारतको भ्रमणमा रहँदा दिल्लीमा कथित मुख्य आरोपी भनिएका रेशमलाल चौधरीलाई भेटेको कुरा, २०७९ को स्थानीय तह निर्वाचनअघि कैलालीको मुसरियामा तपाईँले दिएको अभिव्यक्ति पनि स्मरण गराउन चाहन्छौं ।’

पत्रमा लेखिएको छ, ‘यो देशमा देखापरेका सबै दलले राजनीतिक माग राखेर चलाएको आन्दोलन राजनीतिक भए, गर्व गर्न लायक बने । तर २०७२ सालमा मेचीदेखि महाकालीसम्म तराइमा बसोबास गर्ने भूमिपुत्र पहिचानवादी थारु जातिले चलाएको आन्दोलन किन राजनीतिक बनेन, बन्दैन र विभेद छ ?’

पत्रमा १० वर्षे जनयुद्धमा हजारौँ थारुको बलिदानी भएको स्मरण गर्दै टीकापुरमा घटेको घटनाको कथित आरोपीलाई राजनीतिक मुद्दा मानेर निसर्त निर्दोष करार गरेर सम्पूर्ण मुद्दा खारेजी गरी राजबन्दी रिहा गरिदिन समेत पत्रमार्फत माग गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved