आलेख

रुसको नयाँ शरद युद्ध : के पुटिन अर्को नेपोलियन र हिटलर बन्न सक्छन् ?

रुसी गृहयुद्ध सन् १९१७–२१ बीचको जाडोमा झनै खराब अवस्थामा रह्यो । सबैभन्दा दयनीय शिकार बोल्शेभिक आक्रमणबाट भागेका नागरिक शरणार्थीहरू थिए, जसलाई लाल आतंक भनिन्थ्यो।

रुसको नयाँ शरद युद्ध : के पुटिन अर्को नेपोलियन र हिटलर बन्न सक्छन् ?

बितेका ५०० वर्षको रुसका ठूला सैन्य विजयमध्ये एक यूरोपको सबैभन्दा जाडो शरदसँगै आयो । अठारौं शताब्दीको सुरूवातमा रुसका जार पिटर द ग्रेटले स्वीडेनका राजा चार्ल्स सातौंका मस्कोतर्फ बढ्दै गरेका शक्तिशाली सेनालाई हटाउन कठोर संघर्ष गरेका थिए।

त्यसपछि सन् १७०८/९ को महान् तुषारोपात आयो । चराहरू उड्दाउड्दै चिसिन्थे र टाउको तलतिर पारेर जमिनमा खस्थे । चार्ल्सका ४० हजारभन्दा बढी सिपाही यो संक्रमण र भोकमारीले घटे । उनको शक्ति आधा भयो । चिसोबाट बच्ने प्रयासस्वरुप बाँकी सेनालाई राजा चार्ल्सले दक्षिण युक्रेनतर्फ फैजान कज्जाक नेता हेटम्यान इभान माजेपा र उनको सेनामा मिसाउन पर्‍यो । तथापि क्षति रोकिएन ।

आउँदो ग्रिष्ममा पिटरको सेनाले चार्ल्सको कमजोर सेनालाई पोल्टाभाको युद्धमा पराजित गर्‍यो । यसले स्वीडेन साम्राज्य र यसको रुसमाथि योजना अन्त्य भयो ।

रुसी मोर्चाहरूमा ‘महान् जाडो’ ले ध्वस्त हुने स्वीडस न पहिलो न अन्तिम यूरोपेली सेना थिए । यूरेसियन भूभागको विशाल फैलावट र त्यहाँको जाडोमा हुने युद्ध प्रायः ठूला सैन्यशक्तिको पतन सावित भएका छन्। शताब्दीऔंदेखि यो परिघटनाले अक्सर रुसका लागि फाइदाको काम गरेको छ । शक्तिशाली सेनाका उत्तराधिकारहरू अपर्याप्त उपकारण, अपुग आपूर्ति र कमजोर तयारीको शिकार भएका छन्।

तर, युक्रेनमा रुसी राष्ट्रति ब्लादमिर पुटिनको करिब १ वर्षको युद्ध सबैभन्दा कठिन महिनामा प्रवेश गर्दैगर्दा धेरै संकेतहरूले भन्छन्— कि यो समय विरोधीका लागि भन्दा रुसका लागि सबैभन्दा खराब परिणाम भोगाउने हुन सक्दछ ।

एउटा घोडाका लागि सारा साम्राज्य

यूरोपको सबैभन्दा प्रसिद्ध शरदकालीन पराजय सन् १८१२ मा पोल्टोभा युद्धको ठीक एक शताब्दीपछि आयो, जब नेपोलियनको महाप्रतापी सेना मस्कोबाट पछि हट्यो । रुसको ‘स्वध्वंश रणनीति’ ले फिर्ती सीमारेखामा फ्रान्सेलीहरूका लागि खाना र बस्ने ठाउँको ठूलो अभाव भयो । यसले झनै घातक प्रभाव पार्‍यो । त्यस अघि हुँदै आएका भन्दा झनै ठूलो क्षति भयो ।

सन् १८१२ मा प्रुसिया र रुसबीचको मोर्चामा नेमन नदी तर्दै गर्दा महाप्रतापी सेनाको शक्ति ५ लाख जति थियो । तर, उनीहरूको सम्राटले मस्कोतिर बढ्न जबर्जस्त गर्दा गर्मी, रोग, भोक र थकान छिट्टै एक तिहाइ शक्ति घट्यो । यद्यपि रुसतिरको चढाइबाट पछि हट्नु सुरूमा अनपेक्षित मानिएको थियो ।

जार अलेक्जेन्डर प्रथमका कमाण्डरले चाँडै यसको फायदा महसुस गरे । उनीहरू पूर्वतिरबाट फर्किरहे, जबसम्म जर्नेल मिखाइल कुतुजोभलाई नोपोलियनलाई मस्कोबाट ७५ माइल टाढा बोरोदिनमा रोकिराख्ने आदेश पठाइएन । युद्ध फ्रान्सेलीहरूका लागि निक्कै महँगो विजय सावित भयो तर, उनीहरूलाई विना व्यवधान मस्को प्रवेश गर्न सक्षम बनायो ।

तर, जब शरदकाल आउन थाल्यो, आक्रमणकारीका लागि दूर्भाग्य सावित भयो । नेपोलियनले जार कुनै सम्झौतामा आउँला भन्ने आशा गर्दै ५ हप्ता मस्कोमा खेर फाले । जब अक्टोबर १९ मा महाप्रतापी सेना अन्ततः मध्ययूरोपतिर फिर्ता हुन थाल्यो, उनीहरूसँग यद्यपि गर्मीकै पोशाक थियो । तिनीहरूले आफ्नो ब्यागेज रेलमै हराए र बाटोमा थोरै खाना पाउने सम्भावना बाँकी रह्यो । उनीहरूको सबैभन्दा ठूलो कमजोरी कजाक लुटेराहरूलाई रोक्न घोडचडीमा थियो ।

कजाकी टट्टुहरू महिनौं लामो शरदकालीन अप्ठ्याराहरूसँग अभ्यस्त थिए । जबकी पश्चिम यूरोपबाट ल्याइएका युद्धतालिमी घोडाहरू चिसो र चारोको अभावले जर्जर थिए । भोका सिपाहीहरूले मर्नु अघि नै तिनको मासु काटेर खान थाले । त्याग वा आत्मसमर्पण बाँच्ने प्रत्याभूतिभन्दा धेरै टाढा थियो । शत्रु कजाक सिपाहीहरू उनीहरूलाई लामा भालाले रोप्ने दाउ पर्खिरहेका थिए । रुसी किसानले उनीहरूलाई धारिला हतियार प्रयोग गरी मारे ।

डिसेम्बरको सुरूवातमा, आफ्नो अनुपस्थितिमा सत्ता कू होला भन्ने भयले नेपोलियन आफ्ना चीसोले कठङिग्रएका सेना कुनै सुरक्षित स्थान पुग्नु अगावै छोडेर पेरिसतिर लागे । यही बिन्दूमा आएर उनका ४ लाख सेना मरे । युद्ध मैदानमा सधै अपराजित हुने उनको प्रतिष्ठा सधैँका लागि स्वाहा भयो ।

कमै प्रसिद्धी भए पनि रुसको जीतको तरिका समानरूपमा महत्त्वपूर्ण थियो । रुसले पनि करिब २ लाख सिपाही गुमायो । तर, रुसको सैन्य नेतृत्त्व नेपोलियनको तुलनामा आफ्नो क्षतिमा कम चिन्तित थियो । रुसी अधिकारीहरूले अझै पनि आफ्ना किसान-सेनालाई भूदाससँग भन्दा थोरै राम्रै व्यवहार गर्थे । तर, त्यसको ५० वर्षपछिसम्म पनि रुसमा भूदासप्रथा उन्मुलन भएको थिएन ।

सैनिकहरूको हितको चासोको कमी र तथाकथित मासु काट्ने उपायमार्फत् आकस्मिक ठूलो नोक्सानीको मनोवृति आज युक्रेनमा पुटिन सेनामा स्पष्ट देखिन्छ ।

रातो आतंक, सेतो तुषारो

अर्काे आधा शताब्दीपछि पहिलो विश्वयुद्धमा रुसी सैन्य अधिकारीहरूको मनोवृति विरलै परिवर्तन भयो । तिनका सिपाही खर्चयोग्य थिए । सन् १९१५–१७ मा बेलारुस, ग्लासिसिया र रोमानिया हुँदै पूर्वी मोर्चामा दौडिरहेको सबै श्रेणी र दर्जाका सिपाहीका लागि ट्रेन्चको जीवन एक अमानवीय अनुभव थियो । किसानका बन्द झोपडीमा तुलनात्मक न्यानो र आराम प्राप्त गर्ने लोभले हरेक रातपछि सिपाहीहरू सेवा निवृत्त हुन चाहन्थे र अफिसरहरू ननिको मान्दै रिसानु पर्थ्यो ।

‘आफैँलाई जमिनमुनि गाँडेर’ मा रुसी जारशाही विरोधी लेखक मक्सिम गोर्कीले त्यस्ता सिपाहीलाई अवलोकन गर्दै लेखेका थिए– तिनीहरू वर्षात र हिउँमा, फोहोरमा, साँघुरो अवस्थामा बस्छन् । रोगले थलिएका छन् । किराहरूले सताइएका छन् । तिनीहरू जनावरजस्तै बाँच्न परेको छ।

धेरैसँग जुक्ताको अभाव थियो । रुखको बोक्राबाट बनाइएको जुक्ताको साहरा लिन पर्थ्यो । घाइतेको उपचार गर्ने स्वास्थ्य स्टेशसनहरू क्रिमिया युद्धका जस्तै आदिम प्रकृतिका थिए। यो यथार्थ सन् १९१७ को फेब्रुअरी क्रान्ति अघिको, जारपत्नी र उनका डच छोरीहरूले नर्सका थरिथरिका पोशाक लगाएका फोटोहरूको ठीकविपरीत र निक्कै क्रूर थियो ।

रुसी गृहयुद्ध सन् १९१७–२१ बीचको जाडोका अवस्था झनै खराब रह्यो । सबैभन्दा दयनीय शिकार बोल्शेभिक आक्रमणबाट भागेका नागरिक शरणार्थीहरू थिए, जसलाई लाल आतंक भनिन्थ्यो। सन् १९१९ को शरद, साइबेरियामा एडमिरल कोल्चाकको श्वेत सेनाको पतनले बन्द गरिएको साइबेरियन रेलमार्गमा झनै भयानक दृष्यहरू सृजना भए।

कुलीन, मध्यम वर्गीय परिवार र सबै प्रकारका बोल्शेभिक विरोधी पृष्ठभूमिकाहरू रुसको सुदुर पूर्व ब्लादिबोस्तकतिर भाग्ने प्रयत्न गरिरहेका थिए, ताकी कम्युनिष्ट लाल सेनाको कब्जामा पर्न नपरो र युरालतिर बढ्न सकियोस।

त्यो वर्षको मध्य डिसेम्बरतिर, लालहरूले दक्षिण साइबेरियन शहर तथा औधोगिक हब आजको नोबोसीब्रिस्क कब्जा गरे । त्यहाँ धेरै रेलहरू अबरुद्ध गरिएको थियो । त्यो शहर आफैँमा टाइफस महाव्याधीको चपेटामा थियो। उपलब्ध सबै घोडा र गाडाहरू लिइएका थिए । हतास मानिस पैदलै हिडेर क्रास्नोयार्कसम्म पुगेका थिए।, यस्ता मान्छेको संख्या ३० हजार बढी थियो ।

‘यो आम फिर्ती संसारकै सबैभन्दा दुखद् र सबैभन्दा निरासाजनक दृष्यमध्ये एक थियो,’ त्यहाँ रहेका ब्रिटिस अधिकार क्याप्टेन ब्रायन होरक्सले लेखेका थिए, ‘मान्छेहरू हिउँमा खस्थे र चिसोले तुरुन्तै मर्थे । खचाखच भरिएका जनावरका गोठमा बस्न मान्छे तछाडमछाड गर्थे । तापक्रम माइनस ३० डिग्री सेल्सियससम्म झरेको थियो । धेरै जसो गाडीमा तताउने हिटर थिएनन् ।’

उनले अगाडि लेखेका छन्, ‘मलाई सबैभन्दा धेरै ती महिलाहरूको अवस्थाले सताएको थियो, जो यस अघि आरामपूर्ण जीन्दगी बाँचेका थिए, अब उनीहरू आशाहीन जिन्दगीको सामना गर्नु परिरहेको थियो। कोल्चाक अधिकारी त्यो बेला पिएर आफैँलाई विस्मृत बनाइरहेका थिए ।’

अर्का एक श्वेत सैन्य अधिकारीले लेखेअनुसार साइबेरियाको रेल्वे स्टेशनमा जाडो र रोगले मरेका सयौं लासहरूले भरिएका रेलहरू रोकिएका देखिन्थे । जो बाँचेका थिए, उनीहरूलाई यो स्थितिप्रति कुनै गुनासो थिएन । उनीहरू कसरी बोल्शेभिक लालसेनाबाट उम्किने र उनीहरूले कहिल्यै भेट्न नसक्ने गरी टाढा पुग्ने भन्ने कुरा मात्र सोचिरहेका थिए ।

स्टालिनको आइस ब्रेकरहरू

बीसौं शताब्दीमा यूरेसियन भूभागमा जाडो यति खतरनाक बन्यो कि त्यसले मान्छे र घोडाहरूलाई मात्र हैन, सैन्य हातहतियारलाई समेत बढो ठूलो खतरा खडा गर्‍यो । कहिलेकाहीँ यसले रुसलाई नै बर्बाद गर्‍यो । गोलाबारुद्धमा ठूलो खर्चका बाबजूद चिसोले यसको शक्तिलाई असमान बनाइदियो ।

फलतः सन् १९३९–४० को शरदकालीन युुद्धमा स्टालिनको फिनलैण्ड आक्रमणमा फिनलैण्डको प्रतिरक्षा तोड्न सोभियत सेना असफल भयो । फिनिसले त्यो बेला जाडोको युद्ध कार्यनीति अपनाउन आक्रमणकालीभन्दा बढी गतिला अभ्यासकर्ता सावित गरेका थिए ।

फिनिसहरूले जंगलबाट सेतो छत्री लगाएर अचम्मसँग आक्रमण गर्थे र गायब हुन्थे। लल सेना आतंकित हुन्थ्यो। तिनीहरूको साहस र कौशलले स्टालिनलाई फिनलैण्डको स्वतन्त्रता स्वीकार गर्न बाध्य बनायो । तर, यसले अगामी युद्धहरूका लागि पाठको समेत काम गर्‍यो ।

दुई महाविश्वयुद्धको तीव्र सैनिकिकरण बीचमा सोभियत संघले विश्वकै सबैभन्दा ठूला ट्यांक शक्ति बनायो । लालसेनाले कम्तीमा यो सिक्यो कि विशेष अवस्थामा बन्दुक र इन्जिनलाई पनि लुब्रिकेन्ट चाहिन्छ । यी मानकहरू सन् १९४१ मा हिटलर सेनालाई मस्को मोर्चा अगाडि नै रोक्न स्टालिनको क्षमताका कुन्जी सावित भए । जर्मन सेना र एयर फोर्स दुवै यसका लागि तयार थिएनन् । उनीहरूका सवारी साधन र विमान इन्जिनमा तुषारो काट्ने हल्का बत्ती मात्रै थिए ।

जर्मन सिपाहीले जाडोलाई ‘रुसीहरूको मौसम’ भन्ने गर्दथे । तिनीहरू लाल सेनाको सेतो क्यामेज सुट र कटन ज्याकेटको इर्ष्या गर्दथे, जो उनीहरूको जर्मन ग्रेकोट भन्दा धेरै प्रभावकारी थियो । जर्मन सिपाहीको ज्याकबुटमा स्टिल स्टडहरू थिए, जसले न्यानोलाई कम गर्थ्यो । सोभियत लाल सेना भने जुत्ता भित्र मोजाजस्ता बाक्लो फित्ता बाँध्थे, जो सस्तो र न्यानो दुवै थियो ।

सन् १९४३ को फेब्रुअरीमा जब फिल्डमार्सल पाउलोसका बाँकी सिपाहीले स्टालिनग्रादमा आत्मसमर्पण गरे, दोस्रो विश्वयुद्धको मनोवैज्ञानिक मोड आयो। ९० हजार बढी जर्मन युद्ध बन्दीहरू चिसोले खाएका खुट्टाहरूले नै शहरबाट बाहिर निस्किए । यद्यपि उनीहरू यसरी निस्कनमा जाडो वा हिटलरको आदेशले भन्दा बढी चिसोमा काम नगर्ने जर्मन प्यान्जरहरूको भूमिका थियो ।

सन् १९४५ मा लाल सेनाको विजयका लागि ‘जर्नेल विन्टर’ ले पनि मुख्य भूमिका गर्‍यो । भिस्टुला नदीदेखि ओडर नदीसम्मको जनवरीको सोभियत विजयमा मौसममा निर्भर थियो। पूर्वानुमानकर्ताहरूले जनवरीमा भारी वर्षा, ओसिलो हिमपात र अतिसय जाडोको भविष्यवाणी गरेका थिए । सबैलाई बुटजुत्ता मर्मत गर्न क्रेमलिनबाटै आदेश गएको थियो । स्टालिन र लालसेनाका सुप्रिम कामण्डरले प्रतिआक्रमण सुरूवात गर्ने दिन जनवरी १२ छानेका थिए। यसले गर्दा सोभियत सेनालाई हिउँ बाक्लो जमेको जमिनको फाइदा भएको थियो । सोभियत ट्यांकले त्यस्तो जमिन छिचोल्न सक्थे ।

हुनत यो कुरा स्टालिनले आफ्नोे चरित्रअनुरुप ढाँटे कि उनले जनवरी २० अगाडि नै अर्दनेसमा अमरिकीलाई दबाब दिन त्यस अघिको मिति छानेका हुन । अमेरिकी सेनाले क्रिममस लगत्तै त्यहाँ जर्मन आक्रमण रोकिसकेको थियो । त्यसको भित्री उद्देश्य भने भिन्नै थियो । स्टालिन याल्टामा अमेरिकी राष्ट्रत रुजबेल्ट र बेलायती प्रधानमन्त्री चर्चिल भेट्नुअघि नै पोल्याडको ठूलो भूभाग नियन्त्रणमा लिन चाहन्थे ।

स्टालिनका काण्डरले उनलाई कहिल्यै निरास हुन दिएनन । उनीहरू भन्थे– ‘अत्तिन पर्दैन, हाम्रा ट्यांकहरू रेलभन्दा छिटो बर्लिन पुग्छन्।’

अति उत्साहित कर्नेल लोसिफ गुसियाफोभस्कीले घमण्ड गर्दै भनेका थिए । सोभियत ट्यांकहरूले साँच्चै आइस ब्रेकरको काम गर्थे । जर्मनीको पूर्वी मोर्चा पोल्याण्ड यस्तै ट्यांकको कारणले पतन भयो । सन् १९४५ को जाडोका युद्धले लाल सेनालाई पश्चिममा प्रतिष्ठा दियो।

सन् १९९० को आर्थिक तबाहीपछि रुसी राष्ट्रपति बोरिस यल्तसीनको सरकार सैन्य अफिसर र सिपाहीलाई पर्याप्त तलब दिन असमर्थ देखियो र रुसी सेनमा भ्रष्टाचार संस्थागत हुँदै गयो । सन् २००८ पछि पुटिनले सेनामा पैसा खन्याउन थाले ।

रुसको आँखामा पुटिनको सबैभन्दा ठूलो युद्ध सफलता सन् २०१४ को क्रिमिया कब्जा हो । यो किभमा भएको ‘मैडन क्रान्ति’ को रिसले पुटिनले देखाएको द्रुत प्रतिक्रिया थियो । जब क्रान्तिले उनका सहयोगी भिक्टर यान्कोविच देश छोेडेर भाग्न बाध्य भए, पुटिनले युक्रेनको रुसी भाषी पूर्वी क्षेत्र दोनबासमा आक्रमण गरिहाले ।

पुटिनको इन्कारी

सन् २०२२ को फेब्रुअरीमा अर्थात् ८ वर्षपछि पुटिनले युक्रेनमा विशेष सैन्य कारबाही थाले । त्यसदिन सैन्य दस्तालाई विजयको उत्सवका लागि सैन्य पोशकमा आउन भनिएको थियो, विश्वकै ठूलो सैन्य उत्सव थियो । जब युद्धका विध्वंसकारी ७ महिनापछि क्रेमलिनले युद्धमा ‘नागरिक परिचालन’ जबरजस्त आदेश गर्‍यो, तीनले युद्ध पोशाक च्यात्न र हतियार फाल्न थाले । उनीहरू फिल्ड ड्रेसिङको जोहो गर्नुको साटो आफ्ना आमा, पत्नी र प्रेमिकालाई सेनिटर प्याड उलपब्ध गराउँन पर्थ्यो ।

अहिले युद्धमा पट्टीको अभाव अचम्मलाग्दो छ । खुृल्ला घाउहरू जडोबाट बचाउन पट्टी कति आवश्यक छ, सबैलाई थाहा छ । जोखिम थप्दै मोर्टारहरू जमेको जमिनमा हानिन्छन्। नरम माटोको विपरीत यसले धेरै जसो विष्फोटनलाई अवशोषण गर्दछ । जमेको जमिनले कहिलेकाहीँ घातक तरिकाबाट उछालहरू निम्त्याउँछ ।

दक्षिणमा पुटिनका नयाँ कमाण्डर जर्नेल सर्गेइ सुरोभिकिन भर्तीहरूलाई लुकाउने प्रयासमा छन् । धेरै सिपाहीले आफ्ना त्याग, दु:ख र घाउको पीडा सुनाउन इन्धन स्टक, सवारी साधन र हतियार तोडफोडको साहारा लिइरहेका छन् । रुसी सेनाको संरचनामा सबैभन्दा ठूलो कमी अनायुक्त अधिकारीको छ, जसले हातहतियार, उपकरण र सवारी साधनको अभिलेखलाई डरलाग्दो बनाउँछ ।

दुवै पक्ष यतिखेर लडाइँका लागि सबैभन्दा चुनौतिपूर्ण मौसममा प्रवेश गरेका छन् । यसको परिणाम धेरै हदसम्म नैतिक र प्रतिबद्धतामा निर्भर गर्ने छ । रुसी सैन्यदस्ता पर्याप्त तातो खानाको अभावले अभिशप्त हुँदै गर्दा युक्रेनी सेना भने कनाड र नोर्डिक मुलुकहरूले उपलब्ध गराएको सुट, टेन्ट, स्टोभ र स्लिपिङ ब्यागबाछ.ट लाभान्वित भएको छ । उनको सेनाको वास्तविक स्थितिलाई पुटिनले इन्कार गरिरहेका छन् । र उनी यो पनि अस्वीकार गर्दैछन् कि ‘जर्नेल विन्टर’ उनका विपक्षीहरूको अनुकूल हुनेछ।

युक्रेनको ऊर्जा सञ्जाल र नागरिक जनसंख्या बसोबासका क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरे उनले अर्को गल्ती गरेको हुन सक्दछ । तिनीहरूले ठूलो पीडा सहने सम्भावना छ । तर, तर ती सायदै तोडिनेछन् ।

(फोरेन अफियर्सबाट अनुवादित )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved