धमाधम फिर्ता हुन थाले कार्यविधि विपरीत व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी

नेपालभ्युज

धमाधम फिर्ता हुन थाले कार्यविधि विपरीत व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी

काठमाडौं । कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता हुन थालेका छन् । गृह मन्त्रालयले पुस १२ मा ४८ घण्टाभित्र कार्यविधि मिचेर परिचालन गरिएको सुरक्षाकर्मी फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएपछि उनिहरु फिर्ता भएका हुन् ।

प्रहरी प्रधान कार्यालयबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रूपमा खटिएका  कर्मचारी फिर्ता आएको प्रहरी प्रवक्ता (डिआइजी) टेक प्रसाद राईले जानकारी दिए ।

गृह मन्त्रालयमा प्रहरीका चालकलाई कर्मचारीहरूले आफ्नो सवारी चलाउन प्रयोग गरेका थिए । गृह मन्त्रालयबाट ३१ जना चालक हेडक्वार्टर फर्किएको प्रवक्ता राईले   बताए ।

प्रहरी प्रधान कार्यालयका अनुसार केही पूर्व मन्त्रीहरूका व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) हरु पनि फिर्ता भएका छन् ।  ५ जना पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सहयोगीका रूपमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ ।

पूर्व गृह मन्त्रीले १० वर्षसम्म २ जना पिएसओ र सशस्त्र प्रहरीको पछुवा गाडी पाउँछन् । पूर्व मन्त्रीले दुई वर्षसम्म १ जना व्यक्तिगत सुरक्षा अधिकृत पाउँछन् । राज्यमन्त्रीले पनि दुई वर्षसम्म पिएसओ पाउने व्यवस्था विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ मा उल्लेख गरिएको छ  ।

नयाँ कार्यविधिमा पूर्व सुरक्षाकर्मीहरू मध्येमा एआईजी र डिआइजीहरूले पाउँदै आएको सुरक्षा  हटाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved