आन्ध्र प्रदेशमा दलको र्‍यालीमा भागदौड मच्चिँदा ७ जनाको ज्यान गयो, कयौँ घाइते

भागदौड तब भयो जब नायडू रोड शो गर्दै थिए र हजारौंको भीड उनको गाडीको वरिपरि जम्मा भएको थियो ।

नेपालभ्युज

आन्ध्र प्रदेशमा दलको र्‍यालीमा भागदौड मच्चिँदा ७ जनाको ज्यान गयो, कयौँ घाइते

नयाँ दिल्ली । भारतको आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा तेलुगु देशम पार्टी (टीडीपी) को र्‍यालीमा ठूलो दुर्घटना भएको छ ।

भागदौडमा तेलुगु देशम पार्टीका सात जना कार्यकर्ताको मृत्यु भएको छ । यो र्‍याली टीडीपीका प्रमुख र आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले आयोजना गरेका थिए।

बीबीसी तेलुगु संवाददाता वी शंकरका अनुसार यस दुर्घटनामा धेरै व्यक्ति घाइते भएका छन्, जसमा केहीको अवस्था निकै गम्भीर छ ।

भागदौड तब भयो जब नायडू रोड शो गर्दै थिए र हजारौंको भीड उनको गाडीको वरिपरि जम्मा भएको थियो । पार्टीले मृतकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved