राहुल गान्धीलाई चिसोले छुँदैन ? यसकारण भइरहेको छ भारतमा बहस 

चिसोमा राहुल गान्धीले टिसर्ट लगाएको कुरा सोमबार मात्र होइन, पछिल्ला केही दिनदेखि यस्ता तस्विरहरु बाहिर आइरहेका छन् । भारत जोडो यात्रामा राहुल गान्धी केही दिनदेखि सेतो टी-सर्ट लगाएर हिँडिरहेका छन् । उनीसँगै हिँड्ने नेता तथा कलाकारहरूले जाडोको लुगा लगाएका छन् ।

नेपालभ्युज

राहुल गान्धीलाई चिसोले छुँदैन ? यसकारण भइरहेको छ भारतमा बहस 

नयाँ दिल्ली।  सोमबार बिहान दिल्लीको तापक्रम लगभग सात डिग्री सेल्सियस थियो। यो चिसोमा कांग्रेस नेता राहुल गान्धी महात्मा गान्धीको समाधिस्थलमा पुगेका थिए र टी-शर्ट लगाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

त्यसयता सामाजिक सञ्जालमा ‘टी–सर्ट’ शब्द चलिरहेको छ । राहुल गान्धी टी-सर्टमा मात्रै देखिएनन्, उनी मोजा बिना खाली खुट्टा समाधिको परिक्रमा गरिरहेका थिए। उनको वरिपरि उपस्थित मानिसहरू मध्ये कोही कोट लगाएका थिए, कोही टोपी लगाएका थिए अनि कोहीले ज्याकेट ।

चिसोमा राहुल गान्धीले टिसर्ट लगाएको कुरा सोमबार मात्र होइन, पछिल्ला केही दिनदेखि यस्ता तस्विरहरु बाहिर आइरहेका छन् । भारत जोडो यात्रामा राहुल गान्धी केही दिनदेखि सेतो टी-सर्ट लगाएर हिँडिरहेका छन् । उनीसँगै हिँड्ने नेता तथा कलाकारहरूले जाडोको लुगा लगाएका छन् ।

डिसेम्बर २४ मा राहुल गान्धीले भनेका थिए, “प्रेसका व्यक्तिले मलाई सोधे, के तपाईलाई चिसो लाग्दैन ? मलाई लाग्यो कि उनीहरूले मलाई सोधिरहेका छन्, किन उनीहरू भारतका किसानलाई सोध्दैनन् ?  किन भारतका मजदुरलाई जाडो छैन ? ”

उनले भारतीय मिडियालाई मोदीको भजनमण्डली नबनेर किसानका समस्या पनि सुन्न घुमाउरो हिसाबले जवाफ दिएका छन् । उनले भनेका छन्, “पुरा भारत यात्रा गर्दा म २८ सय किलोमिटर हिड्छु तर भारतीय किसान आफ्नो जीवनकालमा २० हजार किलोमिटर खाली खुट्टा हिडिँरहेको हुन्छ । त्यसको समाचार किन बन्दैन ?”   कांग्रेसले पत्रकार सम्मेलनमा प्रतिपक्षलाई कम्बल र आफ्नै नेताका लागि तपस्या जस्ता शब्द प्रयोग गरिरहेको छ ।

भाजपा नेताहरूले राहुल गान्धी क्रिसमसको बिदामा विदेश जाँदैछन् भनेर हल्ला चलाइरहेका थिए । तर राहुल गान्धीले  महात्मा गान्धी, नेहरू जी, इन्दिरा जी, राजीव जी, चौधरी चरण सिंह, शास्त्री जी र अटल जीको समाधिमा पूजा गरेर आफ्नो तपस्या पूरा गरेर भाजपालाई जवाफ दिएका छन् ।

गएको सेप्टेम्बरमा तमिलनाडुको कन्याकुमारीबाट निस्किएको भारत जोडो यात्रा हालसम्म नौवटा राज्य हुँदै गएको छ। कांग्रेस नेता राहुल गान्धीको नेतृत्वमा निस्किएको यो यात्रा बदरपुर सीमाबाट सुरु भई शनिबार बिहान लाल किल्ला पुगेको थियो । भारत जोडो यात्राको पहिल्यै तय गरिएको कार्यक्रम अनुसार राहुल गान्धीको यो पदयात्रा जम्मू कश्मीरको श्रीनगर पुग्न लागेको छ ।

जसका लागि उनले ५०० किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्नेछ।जाडोमा पनि राहुल गान्धी टी सर्टमा हिँडिरहेको विषयमा आएका केहि ट्विट यस्ता छन् ।

जब भाजपाई सुबह कम्बल ओढ़े देश तोड़ रहे थे तब राहुल गांधी जी कड़ाके की इस ठंड में देश को जोड़ने की प्रेरणा लेने महापुरुषों और वीरांगना की समाधि का नमन कर रहे थे

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved