किरणले जिते दोश्रो भारत खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण

नेपालभ्युज

किरणले जिते दोश्रो भारत खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण

काठमाडौं। नेपाली खेलाडी किरण सितिखुले दोस्रो भारत खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जित्न सफल भएका छन्।

भारतको नयाँदिल्लीमा आयोजित प्रतियोगितामा पुरुष –८७ क्याटेगोरीमा किरणले फाइनलमा भारतका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन्। प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण जितेका  किरणले नेपाल भ्युजलाई भने, ‘भारतका ३ खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकोमा गर्व महशुस भएको छ ।’

प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न बागमती प्रदेश तथा द च्यालेन्जर दोजाङ्गका खेलाडी किरणसहित कुल १० खेलाडी पुस ६ मा भारत गएका थिए।

चौथो डान किरण इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्ने बागमती प्रदेशका एक मात्र खेलाडी हुन्। भक्तपुर जिल्लामा किरण ४ पटक ‘प्लेयर अफ द यर’ को उपाधिले सम्मानित भएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved