राजेन्द्र लिङ्देनले भने – सरकारमा जादैनौँ, समर्थन मात्र हो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल सरकारमा नजाने भएको छ। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

नेपालभ्युज

राजेन्द्र लिङ्देनले भने – सरकारमा जादैनौँ, समर्थन मात्र हो
फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल सरकारमा नजाने भएको छ। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

सोमबार सर्वदलीय बैठकका लागि संसद् भवन नयाँ बानेश्वर पुगेका उनले भने, ‘‘हामी सरकारमा जादैनौँ। समर्थन मात्र गर्ने हो।’’

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरू मिलेर नयाँ गठबन्धन बनेको छ।

गठबन्धनले प्रचण्डलाई प्रधानमन्त्री बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved