राष्ट्रपति र सभामुखको विषयमा सरकार बनेपछि मात्रै छलफल हुन्छ : शंकर पोखरेल

नेपालभ्युज

राष्ट्रपति र सभामुखको विषयमा सरकार बनेपछि मात्रै छलफल हुन्छ : शंकर पोखरेल

काठमाडौं। एमाले महासचिव शंकर पोखरेलले सरकार गठन पछि मात्र राष्ट्रपति र सभामुख लगायतका पदको विषयमा छलफल गर्ने बताएका छन् ।

एमाले अध्यक्ष ओलीको निवास बालकोटमा आज बसेको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो ।

सो निर्णयपछि पत्रकारहरूसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले भने, ‘अहिले एजेन्डामा आधारित सरकार गठनको सहमति गरेका हौं । सरकार बनेपछि अन्य विषयमा पनि छलफल गर्नेछौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved