निहितालाई भेट्न मानेनन् शोभराजले, साँझ ६ बजे कतार एयरवेजबाट फ्रान्स पठाइँदै

१९ वर्ष जेलमा बसेर छुटेका कुख्यात अपराधी चार्ल्स शोभराजले जेलबाट मुक्त भएपछि जेलमै छँदा इन्गेजमेन्ट गरेकी प्रेमिका निहिता विश्वासलाई भेट्न अस्वीकार गरेका छन्।

नेपालभ्युज

निहितालाई भेट्न मानेनन् शोभराजले, साँझ ६ बजे कतार एयरवेजबाट फ्रान्स पठाइँदै

काठमाडौं। १९ वर्ष जेलमा बसेर छुटेका कुख्यात अपराधी चार्ल्स शोभराजले जेलबाट मुक्त भएपछि जेलमै छँदा इन्गेजमेन्ट गरेकी प्रेमिका निहिता विश्वासलाई भेट्न अस्वीकार गरेका छन्।

शोभराज जेलमा रहँदा नै प्रेममा परेर इन्गेजमेन्ट गरेकी निहिता विश्वासले आफूलाई शोभराजकी श्रीमतीका रूपमा चिनाउँथिन्। र निहिताकी आमा शकुन्तला विश्वासले शोभराजका तर्फबाट मुद्दासमेत लडिन्।

तर शोभराज आज छुटेपछि उनीहरूलाई नै भेट्न मानेका छैनन्। शोभराज छुट्ने भएपछि निहिता विश्वास र उनकी आमा सकुन्ताला पहिलै डिल्लीबजारस्थित अध्यागमन विभाग पुगेका थिए।

निहिता शोभराजसँगै फ्रान्स जानसमेत तयार थिइन्। तर शोभराजले आफ्ना नेपाली कानुन व्यवसायी गोपाल सिवाकोटी चिन्तनसँग मात्रै भेट गरेका छन्।

शोभराजलाई अध्यागमन विभागले आजै फ्रान्स डिपोर्ट गर्दैछ। कतार एयरवेजबाट साँझ ६ बजे उनलाई फ्रान्स पठाइने जनाइएको छ।

शोभराजले केही दिन नेपाल बस्न चाहेका थिए। तर उनलाई आजै साँझ फ्रान्स पठाउने तयारी छ। उनलाई साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस पठाउने तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved