आईएमई र एसबीआई बैंकबीच सम्झौता

नेपालभ्युज

आईएमई र एसबीआई बैंकबीच सम्झौता

काठमाडौं। नेपाल एसबीआई बैंक र आइएमईबीच सम्झौता गरिएको छ । आईएमईका विभिन्न शाखा, प्रतिनिधि कार्यालय तथा एजेन्टमार्फत पठाइएको रेमिट्यान्स बैंकका शाखामार्फत पाउन सकिने गरी दुई संस्थाले सम्झौता गरेका हुन् ।

सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक एवम् प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याल र आइएमई समूहका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलको उपस्थिति थियो ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवम् प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved