मधेश प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी छ : सीके राउत

नेपालभ्युज

1324994574706650

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलले मधेश प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचन सम्पन्न भएको अवसरमा आयोजित चियापान कार्यक्रममा उनले भने, ‘हामीले मधेस प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेका छौँ ।’

पत्रकारहरूसँग कुराकानी गर्दै उनले थपे, ‘मधेश प्रदेशमा त हामी निर्णायक हौँ नि त ! त्यसैले त्यहाँको हाम्रो दाबी स्वाभाविक रहन्छ । फेरि जनताले पनि जनमतलाई हेरौँ भनेका छन् ।’

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गठबन्धनमा सहभागी हुने बचनबद्धता गरिसकेका उनले त्यसबापत् प्रतिनिधि सभामा बहुमत पुर्‍याइदिने बताए । ‘केन्द्रमा हामीले अपुग सांसदमा बहुमत पुर्‍याइदिन सक्छौँ,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved