आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने कांग्रेसको निर्णय

नेपालभ्युज

528805685932881

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । आईतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो।

बैठकको निर्णय बारे जानकारी दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले सबैभन्दा ठूलो पार्टी भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउनु स्वभाविक भएको बताए। उनले कांग्रेस नेतृत्वमा सरकार गठनका लागि गठबन्धनमा रहेका र अन्य दलहरुसँग पनि छलफल अगाडी बढाउने निर्णय भएको बताए । उनले भने- ‘सबैभन्दा ठुलो पार्टीको हैसियतले नेपाली काँग्रेस पार्टीले नेपालको संविधानको व्यवस्था बमोजिम सरकारको नेतृत्व गर्नु, दाबी गर्नु स्वभाविक हुन्छ । त्यस अर्थमा नेपाली काँग्रेस पार्टीको नेतृत्वमा आगामी सरकारको गठनका लागि गठबन्धनमा रहेका दलहरु लगायत अन्य दलहरुसँग प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरेको छ ।’

उनले वर्तमान सत्तारुढ गठबन्धनको सरकारलाई नै निरन्तरता दिने आफूहरुको लक्ष्य भएको स्पष्ट पारे । उनले भने – ‘गठबन्धनको सरकार छ । त्यसलाई निरन्तरता दिने हाम्रो लक्ष्य हो । त्यसै अनुरुप गठबन्धन दलको नेतृत्वसँग पनि छलफल हुन्छ । अन्य दलहरुसँग पनि छलफल, परामर्श र संवाद गर्छौं ।’

बैठकले संसदीय दलको नेता चयन गर्नका लागि केन्द्रिय सहमहामन्त्री भिष्मराज आङ्दाम्बेको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ । निर्वाचन समितिका अन्य सदस्यहरुमा केन्द्रिय सदस्य पुष्पा भुसाल र प्रकाश रसाईली स्नेही रहेको प्रवक्ता महतले जानकारी दिए । त्यस्तै सातवटै प्रदेशहरुमा पनि सबै दलहरुसँग समन्वय गरेर सरकार गठनको प्रक्रियालाई अगाडी बढाउने निर्णय भएको उनले बताए । प्रवक्ता महतले ३ दिनभित्रमा काँग्रेस संसदीय दलको निर्वाचन भइसक्ने जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved