धनुषा-४ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्च पुगे महेन्द्र यादव

धनुषा-४ मा पुनः मतगणनाको माग गर्दै  सर्वोच्च पुगे महेन्द्र यादव

जनकपुरधाम । धनुषा–४ मा पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव  सर्वोच्च अदालत पुगेका छन्  ।

धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै यादवले पुन: मतगणनाको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका  हुन् ।

उक्त रिट निवेदनमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।

सो क्षेत्रमा यादव नेकपा एमालेका सचिव समेत रहेका रघुवीर महासेठसँग १२४ मतान्तरले पराजित भएका थिए । महासेठ  ३२ हजार २३६ मत सहित विजयी हुँदा यादवले ३२ हजार ११२ मत  पाएका  थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved