नयाँ दल बनाउँदै प्रभु साह

नेपालभ्युज

नयाँ दल बनाउँदै प्रभु साह
फाइल तस्वीर

काठमाडौं । प्रभु साहले नयाँ दल दर्ता गराउने भएका छन् । प्रतिनिधि सभामा रौतहट ३ बाट निर्वाचित साहले नयाँ दल दर्ता गराउन लागेका हुन् ।

नेकपा (एमाले) को १०औं महाधिवेशनबाट स्याथी समिति सदस्य बनेका उनी पूर्वमाओवादी ‘लिगेसी’ बोकेका नेता हुन् । पछिल्लो निर्वाचनको पूर्वसन्ध्यामा भने उनले एमाले त्यागेका थिए ।

आफ्नो पकड राम्रो भएको क्षेत्रमा पनि पार्टीले टिकट नदिएको भन्दै स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता गराएका उनले अन्तत: चुनाव जितेका छन् । यसपछि दलका नेताहरूसँग छलफलमा रहेपनि उनले नयाँ दल दर्ता गराउन लागेका हुन् । ‘नयाँ दलका बारेमा छलफल भइरहेको छ,’ संक्षिप्त प्रतिक्रिया दिँदै साहले भने, ‘केही दिनमा अन्तिम निर्णयमा पुग्छौँ ।’

पछिल्लो प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मधेस प्रदेशमा साहको पकड बलियो देखिएको छ । रौतहट २ मा उनीनिकट किरण साह विजयी भएका छन् भने मोरङ ४ बाट योगेन्द्र मण्डल निर्वाचित भएका छन् । यसरी हेर्दा साहको नयाँ दलसँग ३ प्रतिनिधि सभा सदस्य हुनेछन् ।

यस्तै मधेस प्रदेशमा पनि साहनिकट नेताहरू निर्वाचित भएका छन् । दाबी गरिएअनुसार साह पक्षका ४ देखि ६ जनासम्म सांसद निर्वाचित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved