कर्णालीमा माओवादीका समानुपातिक सांसद : सबै नेताका श्रीमती मात्रै

जनयुद्धका घाईते, अपांङ्ग, शहिद परिवार तथा लामो समयसम्म योगदान गरेका भन्दा पद र पहुँचका आधारमा श्रीमतीलाई समानुपातिक सांसद बनाइएपछि कर्णालीका माओवादी नेता तथा कार्यकर्ता रुष्ट बनेका छन् । 

कर्णालीमा माओवादीका समानुपातिक सांसद : सबै नेताका श्रीमती मात्रै

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभाका लागि छानेका चार जना महिला सांसद सबै नेताका आफन्त छन् । माओवादीबाट कर्णाली प्रदेशसभा समानुपातिकमा परेका चारै जना नेताका श्रीमती भएको खुलेको छ ।

माओवादीले प्रदेश सांसद बनाउन लागेको डोल्पाकी उर्मिला विक, जुम्लाकी यशोदा न्यौपाने, रुकुम पश्चिमकी मिलन खड्का रोका र हुम्लाकी जुम्कित लामा कार्कीको नाम निर्वाचन आयोगमा दिएको छ । उनीहरू सांसद बन्ने पक्का भएको छ ।

यी चारैजना माओवादी नेताका श्रीमती हुन् । उर्मिला केन्द्रीय सदस्य रामलाल विककी श्रीमती हुन् । यस्तै, पार्टीको कालिकोट संयोजक रहेका लक्ष्मी चौलागाईंकी श्रीमती यशोदा न्यौपाने जुम्लाबाट प्रदेश सांसद बनेकी छन् ।

मिलन खड्का रोका रुकुम पश्चिमका माओवादी संयोजक गोविन्द रोका (सचिन)की श्रीमती हुन् भने जुम्कित लामा कार्की हुम्लाको सर्केगाड गाउँपालिकाका माओवादी अध्यक्ष चन्द्रबहादुर कार्कीकी श्रीमती हुन् । चन्द्रबहादुर गाउँपालिका उपाध्यक्षसमेत हुन् ।

जनयुद्धका घाइते, अपांङ्ग, शहीद परिवार तथा लामो समयसम्म योगदान गरेका भन्दा पद र पहुँचका आधारमा श्रीमतीलाई समानुपातिक सांसद बनाइएपछि कर्णालीका माओवादी नेता तथा कार्यकर्ता रुष्ट बनेका छन् ।

माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका दुईजना पनि कर्णालीका नेताकै आफन्त छन् । उपमहासचिव शक्तिबहादुर बस्नेतकी बहिनी ज्ञानु बस्नेत सुवेदी (चितवन) र उपमहासचिव जनार्दन शर्माकी बहिनी नारायणी शर्मा (दाङ्ग) सामानुपातिक सांसद भएका छन् ।

प्रदेशसभामा सल्यानबाट दुईपटक प्रदेशसभामा सिफारिस भएकी एक महिला नेतृ आफ्नो आफन्त नभएका कारणले अहिलेसम्म सांसद बन्न नपाएको बताउँछिन् ।

प्रतिनिधिसभामामा समानुपातिकमा रिफारिस भएकी सुर्खेतकी हरिमाया शर्माले पनि सांसद बन्न नपाएपछि असन्तुष्टि जनाएकी छन् । उनी भन्छिन, ‘न समाउने हाङ्गो, न टेक्ने डालो, भएको मान्छेलाई कहीँ छानीहाले भने बर्बाद हुन्छ कि जस्तो लागेको थियो, धन्न छान्नु भएनछ, प्रदेश र संघमा अचम्म सन्तुलित गर्नुभएकोमा कर्णालीका ४ टाउकेलाई बधाई छ ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved