आईसीसी विश्व कप क्रिकेट लिग टू- नेपालले आज स्कटल्याण्डसँग खेल्दै

नेपालभ्युज

आईसीसी विश्व कप क्रिकेट लिग टू- नेपालले आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले विहीबार स्कटल्याण्डसँग खेल्दैछ । खेल नामिबियामा दिउँसो पौने २ बजे सुरु हुनेछ ।

यस शृङ्खलामा नेपालले गतिलो प्रदर्शन गर्न सकेको छैन । पहिलो खेलमा वर्षाका कारण नामिबियासँग अंक बाँडेको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग ७ विकेटले र बुधबार नामिबियासँग ८६ रनले पराजित भयो ।

यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्डको सहभागिता रहेको छ । यो जितसँगै नामिबिया ३० खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । नेपाल २३ खेलमा १८ अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved