उषा राई हत्या प्रकरण : प्रहरीले सार्वजनिक गर्‍यो ४ जना आरोपी

नेपालभ्युज

उषा राई हत्या प्रकरण : प्रहरीले सार्वजनिक गर्‍यो ४ जना आरोपी

काठमाडौं । धरान उपमहानगरपालिका-१३ कि एकल महिला उषा राईलाई  हत्या गरेको आरोपमा पक्राउ परेका ४ जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मुख्य आरोपी धरान-१३ सूर्यमार्गकी उर्मिला राई, सुमित्रा राई, धरान-१७ कि सुशेली राई र रत्न लिम्बू रहेका छन् ।

उर्मिला  मंसिर १५ गते, सुमित्रा  मंसिर १६ गते र सुशेली र रत्न  मंसिर १८ गते पक्राउ परेका हुन् ।

ति महिलाहरु  कुटपिटमा संलग्न रहेको र कुटपिटबाटै उषाको मृत्यु भएको भन्दै उषाका  भाइ सुन्दर राईले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

अदालतबाट म्याद थप गरी उनिहरुमाथी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ  ।

गत कात्तिक ३ गते उषालाई आफ्नो श्रीमान नजिकिएको आरोप लगाउँदै उर्मिला राईको समूहले कुटपिट गरेको थियो।

कुटपिटपछि घाइते भएकी उषाको उपचारकै क्रममा मंसिर १३ गते मृत्यु भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved