राष्ट्रपतिलाई भेट्न गए सञ्चारमन्त्री कार्की, सम्भावित सत्ता समीकरणबारे छलफल !

भेटमा निर्वाचनको नतिजा र सम्भावित सत्ता समीकरणबारे झण्डै ४५ मिनेट कुराकानी भएको र राष्ट्रपतिले यस विषयमा चासो राखेको बताइएको छ ।

नेपालभ्युज

राष्ट्रपतिलाई भेट्न गए सञ्चारमन्त्री कार्की, सम्भावित सत्ता समीकरणबारे छलफल !

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । सत्ता समीकरणका विभिन्न प्रयास भइरहेका बेला सञ्चारमन्त्री कार्की मंगलबार बिहान राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए ।

भेटमा सम्भावित सत्ता समीकरण र समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

भेटमा निर्वाचनको नतिजा र सम्भावित सत्ता समीकरणबारे झण्डै ४५ मिनेट कुराकानी भएको र राष्ट्रपतिले यस विषयमा चासो राखेको बताइएको छ ।

कार्कीले वर्तमान सत्ता गठबन्धनको सोमबारको बैठकमा यही गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको जानकारी गराएका थिए ।

सत्ता गठबन्धनको बैठक बसेको अर्को दिन सरकारका प्रवक्तासमेत रहेका कार्की सञ्चारमन्त्री कार्की राष्ट्रपतिलाई भेट्न जानुलाई अर्थपूर्ण रूपमा लिइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दूतका रूपमा राष्ट्रपतिलाई भेट्न पठाएको हुन सक्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved