गठबन्धनमा देखिएको असमझदारी सम्बोधन गर्दै अघि बढ्छौं : मन्त्री कार्की

नेपालभ्युज

गठबन्धनमा देखिएको असमझदारी सम्बोधन गर्दै अघि बढ्छौं : मन्त्री कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनभित्र देखिएका असमझदारीलाई आगामी दिनमा उचित समीक्षा र सम्बोधन गर्दै अगाडि बढ्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि मन्त्री कार्कीले उक्त प्रतिक्रिया दिएका हुन् । बैठकले निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यक्ता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकालेको छ ।

‘मुलुकका सामू विद्यमान चुनौतिहरुको सामना गर्नुपर्ने आवश्यक्ताले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यक्ता र सान्दर्भिकर्तालाई पुनः पुष्टि गरेको छ,’ उनले भने, ‘मुलुकमा सामू विद्यमान चुनौतिहरुको सामना गर्नुपर्ने आवश्यक्ताले पनि यो गठबन्धनलाई निरन्तरता दिन जरुरी छ ।’

निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमती र सहकार्यका साथ मिलेर अघि बढनुपर्ने स्पष्ट सन्देश दिएको उनले बताए । निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएको मन्त्री कार्कीले बताए ।

‘निर्वाचनको दौरानमा देखिएका ती असमझदारीहरुको पनि आगामी दिनमा उचित समिक्षा र सम्बोधन गरिनेछ । गठबन्धनप्रति आम मतदाताले दर्शाएको विश्वास र मायाप्रति आभारी छौं,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved